ताजा समाचार

कोरोना अपडेटः विश्वभर ६२ लाख ६२ हजार संक्रमित, ३ लाख ७३ हजारको मृत्यु

एजेन्सी । गत २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट ३ हजार १९१ जनाको मृत्यु भएपछि विश्वभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७३ हजार नाघेको छ ।

गत २४ घण्टामा १ लाख ८ हजार जनाको संक्रमति विश्व भरी थपिएपछि संक्रमितको संख्या ६२ लाखा ६२ हजार पुगेको वल्डोमिटरर्सले जानकारी दिएको छ ।
चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरसले अमेरिकालाई अत्यन्त प्रभावित बनाएको छ । पछिल्लो समय अमेरिकामा कोरोना नियन्त्रण उन्मुख छ । यहाँ १८ लाख ३७ हजार १७० जना संक्रमति रहेका छन् भने, १ लाख ६ हजार १ सय ९५ जनाको मृत्यु भएको छ । विगत २४ घन्टामा अमेरिकामा ६ सय ३८ जनाको मृत्यु भएको छ । यो अंक विगत दुई महिनाकै सबैभन्दा कम हो ।

विश्व स्वास्थ्य निकायले कोरोना भाइरसको गत मार्च ११ मा विश्व महामारीको नाम दिइसकेको छ । े
नेपालमा पनि १५ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार एकैदिन १ सय ६६ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १५ सय नाघेको हो।

नेपालमा संक्रमणपछि मृत्यु हुनेको संख्या पनि ८ पुगेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *