ताजा समाचार

शनिवार १८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ सय १ पुग्यो

काठमाडौं। शनिवार अपरान्ह १ सय ८९ जना कोरोना भाइरस संक्रमित थपिएका छन । शनिवार १८५ पुरुष र ४ जना महिलामा कोरानो संक्रमण पुष्टि भएको हो । हालसम्म ५३ जिल्लामा कोरोना संक्रमण देखिएको छ । नेपालमा संक्रमितको संख्या एक हजार चार सय १ पुगेको छ ।
शनिवार धनुषामा ७, झापामा १, कपिलवस्तुमा ७७, ललितपुरमा १, महोत्तरीमा ४, रौतहटमा ६, सर्लाहीमा १७,सिराहमा ११ जनामा कोरोना परिक्षणका क्रममा कोरोना पुष्टि भएको छ । यसै गरी कपिलवस्तुमा २९, सप्तरिमा ७, दाङमा ६, बारामा १, पर्सामा २, दैलेखमा १४ र संखुवासभामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
हालसम्म २ सय १९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका  छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *