ताजा समाचार

नेपालमा कोरोनाबाट छैटाैं व्यक्तिको निधन

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट छैटाैं व्यक्तिको निधन भएको छ । जेठ १० गते निधन भएका अर्घाखाँचीका भूमिकास्थान नगरपालिका ९ का एक व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
उनका अनुसार जेठ ११ गते लिइएकाे मृतकको स्वाब परीक्षणको रिपोर्ट बिहिबार पोजेटिभ आएको थियो । भारतबाट नेपालका आउने क्रममा उनको जेठ १० गते निधन भएको छ । उनको सम्पर्कमा आएका केही क्वारन्टाइनमै रहेका र बाँकीको ट्रयासिङ गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *