ताजा समाचार

पछिल्लाे २४ घन्टामा १७० जनामा देखियो कोरोना, देशभर १२ सय १२ जना पुगे संक्रमित

काठमाडौं । आज नेपालमा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार भेटघाटमा सो विवरण सार्वजानिक गरिएको हो । मन्त्रालयका प्रवक्ता डा. विकिास देवकाटाका अनुसार आजको तथ्यांक सहित देशभर १२ सय १२ जना पुगेको छ ।

आज संक्रमण देखिएकाकोमा १३५ जना पुरुष र ५ महिला छन् । संक्रमितहरू झापामा २८, सप्तरीमा ४, बारामा ४,पर्सामा ५, सर्लाहीमा १, म्याग्दीमा १, बाँकेमा १०, कपिलवस्तुमा ८४, रौतहटमा ५६, सर्लाहीमा ४, दाङमा २ कपिलवस्तुमा ९ का रहेका छन्।

कोरोना संक्रमणपछि डिस्चार्ज हुनेको संख्या पनि बढिरहेको छ । पछिल्लो २४ घन्टामा १९ जना कोरोनाबाट संक्रमण मुक्त भएर घर फर्किएका छन् । यो सँगै अहिलेसम्म २०६ जना कोरोना संक्रमणपछि उपचार गरेर घर पुरुष १६२ महिला ४४ जना कोरोना मुक्त भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *