ताजा समाचार

कोरोना भाइरसबाट विश्वमा ३ लाख ६२ हजारको मृत्यु, ५९ लाख संक्रमित

एजेन्सी । गत २४ घण्टामा कोरोना भाइरस (कोभिड १९) बाट ५ हजार ७३ जनाको मृत्यु भएपछि विश्वभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६२ हजार नाघेको छ ।

गत २४ घण्टामा १ लाख १६ हजार जनाको संक्रमति विश्व भरी थपिएपछि संक्रमितको संख्या ५९ लाख पुगेको वल्डोमिटरर्सले जानकारी दिएको छ ।
चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरसले अमेरिकालाई अत्यन्त प्रभावित बनाएको छ । यहाँ १७ लाख ६८ हजार ४६१ जना संक्रमति रहेका छन् भने, १ लाख ३ हजार ३सय ३० जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य निकायले कोरोना भाइरसको गत मार्च ११ मा विश्व महामारीको नाम दिइसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *