काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । बिहिबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ललितपुरका एकजनाको मृत्यु भएको हो । उनको ललितपुरमै रहेको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डा. देवकोटाले जानकारी दिए । कलेजाेकाे समस्या भएका उनकाे अाइसियूमा उपचारकाे क्रममा काेराेना परीक्षण हुँदा पाेजेटिभ देखिएकाे हाे ।
बिहीबारमात्रै १५६ कोरोनाभाइरसका संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४२ पुगेको छ ।
।




