ताजा समाचार

कोरोना संक्रमित हजार नाघ्यो, आजै भेटिए १५६ जना संक्रमितः स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । कुल संक्रमितको संख्या हजार नाघेकाे छ। बिहीबारमात्रै १५६ कोरोनाभाइरसका संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए । योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या १ हजार ४२ पुगेको छ।

प्रवक्ता विकास देवकोटाका अनुसार बिहीबार धनुषा २९, रौतहट २०, झापा २५, दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, महोत्तरी १७, सप्तरी१४, मकवानपुर १, बर्दिया ३, बाँके १, सर्लाही ७, सिरहा ६ दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका हुन्।

अहिलेसम्म ५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् भने १८७ जना निको भएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *