काठमाडौं।नेपाली कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलाएको छ । कांग्रेसले २०७७ जेठ १७ गते शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सम्बन्धमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि आमन्त्रण गरिएको मुख्य सचिव पौडेलले बताए ।




