एजेन्सी । विश्वव्यापी महामारीको कारक बनेको कोभिड–१९ बाट विश्वभर सङ्क्रमितको सङ्ख्या ५७ लाख ८८ हजार ७ सय ८२ पुगेको छ ।
अहिलेसम्म विश्वभर ३ लाख ५७ हजार ४२५ व्यक्तिको मृत्यु भएको छ भने विगत २४ घण्टामा विश्वभर ५ हजार २८३ व्यक्तिको मृत्यु भएको छ ।
त्यस्तै १ लाख बढी संक्रमितहरु विगत २४ घन्टामा थपिएका छन् । विश्वकै सङ्क्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा १७ लाख ४५ हजार रहेका छन् । ब्राजिलमा ४ लाख १४ हजार, रूसमा तीन लाख ७० हजार, स्पेनमा दुई लाख ८३ हजार, बेलायतमा दुई लाख ६७ हजार र इटलीमा दुई लाख ३१ हजार सङ्क्रमित रहेका छन् ।
सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको छ । वल्डोमिटरर्सको बिहिबार बिहानसम्मको तथ्यांक अनुसार, अमेरिकामा १ लाख २ हजार १ सय ७ जनाको मृत्यु भएको छ । त्यसैगरी बेलायतमा ३७ हजार ४६० जनाको मृत्यु भएको छ ।




