ताजा समाचार

कांग्रेसले भन्याे संविधान शंसोधनको पक्षमा चट्टानी रुपले दृढ छौं,गोयवल्स शैलीका प्रोपोगन्डाकाे पछि नलागाै

संविधान संशोधन सम्बन्धी प्रस्ताव कार्यसूचीबाट हटाइएकोमा कांग्रेसकाे आपत्ति

काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधन सम्बन्धी प्रस्ताव कार्यसूचीबाट हटाइएको भन्दै आपत्ति जनाएको छ । जेठ १४ गते बसेको संघीय संसदको कार्यसूचीबाट संविधान संशोधनको प्रस्ताव हटाइएको विषयमा कांग्रेसले आपत्ति जनाएको हो ।
बुधबार कांग्रेस प्रवक्ता विश्वप्रका शर्माले ट्वीटमार्फत र प्रमुख सचेतक बालकृष्ण खाडले विज्ञप्तीमार्फत संविधान संशोधनको प्रस्ताव हटाइएको विषयमा कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकर्षित भएको जनाएका छन ।

संविधान संशोधनको विपक्षमा कांग्रेस रहेको भन्दै सत्तारुढ दलले मिडियामा हल्ला फिजाएपछि कांग्रेस प्रवक्ता शर्माले ट्वीटमार्फत त्यसको कडा जवाफ दिएका छन । उनले भनेका छन प्रस्ताव ल्याउंदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने ? को गर्दैछ यो षड्यन्त्र ? उनले थपेका छन केन्द्रीय समिति बैठक बसेर संस्थागत निर्णय साथ नयाँ नक्सा र शंसोधनको पक्षमा उभिने जानकारी सर्वदलीय बैठकमै दिइसकेका छौं र यसमा हामी चट्टानी रुपले दृढ छौं/रहन्छौं ।

यसै गरि विज्ञप्तीमार्फ शर्माले राष्ट्रवादको अडान जिम्मेवारपूर्ण र परिणाममुखी हुनुपर्छ भन्ने मान्यता साथ पार्टी केन्द्रीय समितिको बैठकबाट नेपालको नयाँ नक्सा र संशोधन प्रस्तावमा संस्थागत निर्णय गर्न नेपाली कांग्रेस पूर्व घोषणा अनुरुप प्रतिबद्ध भएकाे स्पष्ट पारेका छन । गोयवल्स शैलीका प्रोपोगन्डाहरु स्वदेशको सत्तादेखि बिदेशको संचार माध्यम जो कोहिबाट जुन रुपमा भएको होस् त्यसप्रति सजग रहंदै कुनै पनि खाले भ्रमबाट मुक्त रहन उनले  अपील गरेका छन ।

संविधान संशोधन जस्तो विषयमा सरकार, प्रतिपक्ष र संसदमा रहेका दलहरु एक ठाउँमा उभिएर अघि बढ्न सकिने स्थिति निर्माण गर्न तर्फ लाग्नु भन्दा सम्भावित कार्यसूचीबाट प्रस्ताव हटाउने अनि प्रमुख प्रतिपक्ष दललाई त्यस बारेमा आरोपित गर्न खोज्ने कार्यलाई हामीले गम्भीरतापूर्वक लिएको प्रमुख सचेतक खाँडद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । कांग्रेस संसदीय दलले यस्तो प्रवृत्तिको निन्दा गर्दै गम्भीर राष्ट्रिय एकताको भावना साथ कार्य गर्न सरकारलाई अपील र आग्रह गरेको छ ।

यसै गरी प्रमुख सचेतक खाडले जेष्ठ ११ गते बसेको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले जेष्ठ १३ र १५ गतेका लागि प्रतिनिधि सभाको बैठकको कार्यक्रम निर्धारण गरेको तर, जेष्ठ १४ का लागि बैठकको कार्यसूची निर्धारण नगरेको विज्ञप्तीमार्फत स्पष्ट पारेका छन ।

यस्ताे छ १४ गतेकाे संघीय संसदकाे दैनिक कार्यसूची 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *