काठमाडौं । नेपालमा बुधबार थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार बुधबार रौतहटमा ३५, बाग्लुङमा ६, मकवानपुरमा १, झापामा १७, बारामा ८, सप्तरीमा ११, दाङमा १५, सुर्खेतमा १५, बाँकेमा १६, सिरहामा २ र रूकुमपूर्वमा ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।
योसँगै देशभर ८ सय ८६ जना कोरोना संक्रमण भेटिएका छन् । जसमध्ये ६९९ जनाको उपचार भइरहेको र १८३ जना निको भएको उनले बताए।
प्रदेशिक विवरण अनुसार प्रदेश १ का ७ वटा जिल्लामा १०३ जना, प्रदेश २ को ३ जिल्लामा सय २४ जना संक्रमित भएका छन् । बाग्मतिको ११ जिल्लामा ३९ जना, गण्डकी प्रदेशको ४ जिल्लामा १३ जना, प्रदेश ५ को ९ जिल्लाको ३६५ संक्रमित भएका छन् । भने कर्णाली प्रदेश ३ जिल्लामा २५ जना संक्रमित र सुदुरपश्चिम प्रदेशको ५ जिल्लामा १७ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आजका सबै संक्रमितहरु क्यारेन्टाइनमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिए । नेपालमा दिनानुदिन संक्रमितको संख्या बढिरहेको छ ।




