ताजा समाचार

अर्थतन्त्र विग्रदै गएकाले लकडाउनका बारेमा पुर्नविचार गर्न लेखा समिति संयोजक शाहको माग

काठमाडौं।लेखा समितिका संयोजक भरतकुमार शाहले लकडाउका बारेमा पुर्नविचार गर्न माग गरेका छन । प्रतिनिधिसभाको बैठकमा सून्य समयमा बोल्दै शाहले नेपाली अर्थतन्त्र विग्रिदै गएकाले लकडाउनका सम्वन्धमा पुर्नविचार गर्नु पर्ने धारणा राखेका हुन । भारत,युरोप र अमेरीकाले पनि लकडाउन खुकुलो बनाएकाले नेपालले पनि यसका बारेमा सोच्नु पर्ने उनको धारणा थियो ।
शाहले क्वारेन्टाइनलाई व्यवस्थित गर्न समेत सरकारको ध्यानकर्षण गराएका छन । स्थानीय तहले बनाएका क्वारेन्टाइअ व्यवस्थित छन उनले भने ४२ डिग्री सेल्सियसको गर्मीमा पंखा छैन,सुद्ध खानेपानी छैन, खाना खान नपाएका कारण कवारेन्टाइनबाट मान्छे भागिरेहेका छन् ।
शाहले किशानको बारेमा गम्भीर बन्न सरकारलाई आग्रह गरे । उनले भने धानको विउ राख्ने बेला भएको छ । धानको विउको खुलेआम कालोबाजारी भइरहेको छ । भारतबाट २०/३० केजी धानको विउ लिएर आएका आएका नागरिकलाई पुलिसको ज्यादती गरेको भन्दै तत्तकाल रोक्न माग गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *