काठमाडौं।नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले महाकाली नदि पूर्वको भूभाग नेपालको भएको दाबी गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय वैठकमा सभापति देउवाले सुगौली सन्धिमा उल्लेख भएको ऐतिहासिक तथ्य बमोजिम लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग दावी गरेका हुन । ती भूभागमा नेपालको हक निर्वाध ढंगले स्थापित हुनुपर्ने उनको धारणा छ । यो बिषयमा सरकारको नेपाली कांग्रेस सरकारको साथमा रहेको पनि स्पष्ट पारेका छन ।
सभापति देउवाले उच्च स्तरीय कुटनैतिक पहल मार्फत यो बिषयको हल गरिनुपर्छ भन्ने हाम्रो आग्रह छन ।
संविधान संशोधन जस्तो बिषयमा राष्ट्रिय सहमतिको स्थिति बनाएर जांदा त्यसले राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सकिने धारणा सभापति देउवाले राखेका छन । नक्साको प्रस्तावलाई कांग्रेसले सकारात्मक रूपमा लिएको स्पष्ट पारेका छन । संविधान संशोधन जस्तो बिषयमा पार्टी केन्द्रीय समितिको बैठकबाट नेपाली कांग्रेसको संस्थागत निर्णय गर्ने सभापति देउवाले बताएको जानकारी मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए ।
सर्वदलीय नेपाली कांग्रेसका तर्फबाट सभापति श्री शेरबहादुर देउवा, नेता श्री रामचन्द्र पौडेल, उपसभापति श्री विमलेन्द्र निधि र पूर्व महामन्त्री श्री कृष्णप्रसाद सिटौला सहभागी भएका थिए ।




