काठमाडौं । नेपालमा कोरोना संक्रमित दर बढ्ने क्रममा छ । मंगलबारमात्र थप ९० जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मंगलबार अपरान्ह नियमित पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार सबैभन्दा धेरै कपिलवस्तुका २६ जना र रौतहटका २२ छन् । त्यस्तै सुर्खेतमा १२, बाँकेमा ८, सिरहामा ५, बारामा ३, महत्तरीका २, बारामा कार्यरत जुम्लाका २,, धनुषाका १, अर्घाखाँचीमा २, गुल्मीमा २, रूपन्देहीमा १, कैलालीमा १, अछाममा १ र स्याङ्जामा २ कोरोना संक्रमित थपिएका हुन्।
संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ७७२ पुगेको छ। तीमध्ये अहिलेसम्म ४ जनाको मृत्यु भएको छ। १५५ जना संक्रमित निको भएर घर फर्किएका छन्।




