ताजा समाचार

के भारतीय राजदूत सुटुक्क वालुवाटार पुगेकै हुन ?

काठमाडौं । नेपाल भारतकोबीचमा सीमा अतिक्रमणको विषयले प्राथमिकता पाइरहेको बेला भारतीय राजदूतले प्रधानमन्त्री केपी ओलीसँग भेटघाट गरेको विषय चर्चामा आएको छ । भारतले अतिक्रमित गरेको नेपाली भूमि समेटेर सरकारले गत बुधबार नयाँ नक्सा जारी गरेपछि नेपाल र भारतबीचको सम्बन्धमा चिसोपना आएका बेला नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा सुटुक्क बालुवाटार पुगेको चर्चाले बजार तातिएको हो ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य भने त्यहाँका प्रधानमन्त्री त के विदेश मन्त्रालयको नेपाल डेस्क हेर्ने सहसचिवलाई भेट्ने प्रयासमा पनि असफल भइरहेको बेला उनी भारतीय राजदूत वालुवाटार पुगेका हुन त ? नेपालको गुप्तचर स्रोत भन्छ भारतीय नम्बर प्लेटको गाडी वालुवाटारमा छिरेको छैन तर कुनै नीजि गाडीमा भारतीय राजदूत प्रधानमन्त्री निवास पुगेका हुन । प्रधानमन्त्री केपी शर्मा ओलीसँग समय मागेर राजदूत क्वात्रा निकै लामो समयसम्म प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बसेकोे खुलेको छ। नेपालले नयाँ नक्सा जारी गरेको दुई दिनपछि गत शुक्रबार प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत क्वात्राले दुईदेशबीच उत्पन्न तनावका बारेमा छलफल गरेका हुन् । स्रोतका अनुसार राजदूत क्वात्रा शुक्रबार साँझ ६ बजे बालुवाटार प्रवेश गरेका थिए । प्रधानमन्त्री ओलीले भारतले नेपाली भूमि अतिक्रमण गरेको र यस्ता विवादित विषय वार्ताको माध्यमबाट टुंग्याउनु पर्नेमा जोड दिँदै आएका छन्। प्रधानमन्त्री ओली नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धका बारेमा लामो भूमिका बाँधेर बोल्न सक्ने नेता हुन्। उनले नेपालसँग तथ्य र प्रमाणहरु भएकाले लिम्पियाधुरासहितको भूभाग नेपाली नक्सामा समेटिएको जानकारी भारतीय दूतलाई दिएको बालुवाटार स्रोतले बताएको छ।

नेपालले नयाँ नक्सा जारी गरेको दुई दिनपछि गत शुक्रबार प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत क्वात्राले दुईदेशबीच उत्पन्न तनावका बारेमा छलफल गरेका हुन् । स्रोतका अनुसार राजदूत क्वात्रा शुक्रबार साँझ ६ बजे बालुवाटार प्रवेश गरेका थिए ।उच्च स्रोतका अनुसार उक्त छलफलमा क्वात्रासँगै आर्का एक भारतीय पनि पुगेका थिए तर उनी को हुन् भन्ने परिचय खुलेको छैन। राजदूत क्वात्राको सन्देश प्रधानमन्त्री ओलीलाई के थियो भन्ने कुरा सार्वजनिक भएको छैन। नेपालले भारतसँग वार्ताको पहल गरिरहेको तर भारतले वार्ताका लागि समय नदिइएको अवस्थामा भारतीय राजदूतले प्रधानमन्त्रीसँग भेट गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतको विदेश मन्त्रालयमा पदाधिकारीलाई भेट्न नपाएको र बारम्बार गरेको प्रयासमा पनि भारतले अपमानपूर्वक वेवास्ता गरेको कुरा सार्वजनिक भइसकेको छ । भारतले अतिक्रमित गरेको नेपाली भूमि समेटेर नेपालले संशोधित नक्सा जारी गरेपछि भारतले तत्काल विज्ञप्ति जारी गरेर नयाँ नक्सालाई स्वीकार नगर्ने बताएको थियो। यसअघि भारतले नेपाली भूमि अतिक्रमित गर्दै चीनको सिमानासम्म पुग्ने सडक बनाएपछि नेपालले त्यसप्रति आपत्ति जनाउँदै भारतलाई कुटनीतिक नोट पठाएर विरोध गरेको थियो। तर पूर्व राजदूत श्यामशरण नेपाल आएको विषय भने हल्ला मात्रै रहेको स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *