काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। सोमबार ५ बजे मन्त्रीपरिषद् बैठक बसेपछि लगत्तै ५ः३० बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
प्रम ओलीको सम्बाेधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिने व्यवस्था मिलाइएको प्रम ओलीको प्रेस सल्लाहकार थापाले जानकरी दिएका छन् ।




