ताजा समाचार

नेपाल भारतबीच चिसो बढ्दै, राजदूत आचार्यको कुटनीतिक प्रयासमा भारतीयको वेवास्ता

काठमाडौं । नेपाल भारत सीमा विवाद बढिरहेका बेला सीमा समाधानका लागि नेपालको तर्फबाट गरिएका वार्ता प्रयास असफल भएको छ । सीमा विवादमा कूटनीतिक तहमा वार्ता सुरु गर्न नेपाल र भारत दुबैमा दबाब बढ्दै जाँदा भारतका लागि नेपालका राजदूतले भारतीय विदेश मन्त्रालयका अधिकारीसँग भेटका लागि गरिरहेको प्रयास सफल हुन नसकेको हो । भारतका लागि नेपाली राजदुत निलाम्वर आचार्यले भारतीय विदेश मन्त्रालयका प्रतिनिधीसँग भेटका लागि केही समययता प्रयास गरेपनि सम्भव हुन नसकिरहेको नेपाली दुतावास स्रोतले बताएको छ ।

गत कात्तिकमा नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेतको भूभाग समेटेर भारतले राजनीतिक नक्सा जारी गरेपछि वर्षौ पूरानो सिमा विवाद अहिले फेरि उत्कर्षमा पुगेको छ । भारतले गरेको अतिक्रमणको कडा जवाफ दिन नेपालले पनि आफ्नो अतिक्रमित भूमि लिम्पियाधुरा सम्मको भू भागलाई समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि दुई देश बीचको सम्बन्धमा अहिले तिक्तता बढेको छ ।

दुई देशबीचको बढ्दो तिक्क्तता मेटने र आपसी वार्ता र सम्वादकै माध्यमबाट सीमा विवाद समाधानको पहल गर्ने नेपाली पक्षको पहिलो प्रयास देखिन्छ । त्यसैका लागि राजदुत आचार्यलाई प्रयास थाल्न सरकारले निर्देशन दिएको छ । राजदुत आचार्य सोही कारण अहिले भारतीय अधिकारीहरुसँग भेटका लागि प्रयास गरिरहेका छन् । तर सफल भने हुन सकिरहेका छैनन् । राजदुत आचार्यले भेटका लागि गरेको प्रयासमा भारतीय पक्षले सकारात्मक जवाफ नदिएकोले भारत यस मामिलामा कडा रुपमा प्रस्तुत हुन खोजेको अर्थमा बुझन सकिने दुतावास स्रोतले बताएको छ । नेपालले गत कात्तिक देखि नै भारतीय पक्षसँग वार्ता र सम्वादका लागि प्रस्ताव गरेको ग¥यै छ ।

तर भारतकै आनाकानीका कारण सम्वाद हुन सकिरहेको छैन् । नेपालले भने वार्ता र सम्वादका लागि प्रधानमन्त्री, परराष्ट्रमन्त्री र परराष्ट्र सचिव जुनकुनै तहमा पनि आफु तयार रहेको सन्देश औपचारिक÷अनौपचारिक तहमा पठाईरहेको छ । तर जुनकुनै च्यानल प्रयोग गरेर नेपालले भारतलाई सम्वादका लागि आग्रह गरेपनि भारतले अटेर गर्दै आईरहेको छ । नेपालले सम्वादका लागि गरिरहरेको आग्रहलाई अटेर गरेको भन्दै भारतमा पनि स्यवं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको आलोचना बढिरहदा पनि उसले सुने÷नसुने झै गरिरहेको छ । गत कात्तिक यता मात्रै नेपालले आफैले दुई–दुई पटक मिति प्रस्ताव गर्दै भारतलाई वार्ताको प्रस्ताव गरेको थियो । भारतले ति दुवै मितिलाई अस्वीकार गरेपछि आफै मिति प्रस्ताव गर्न पनि नेपालले आग्रह गरेको थियो । त्यसमा पनि अटेर गर्दै आएकै भारतले यही बेला फेरि नेपाली भूमिमा नेपालको अनुमति बिनै सडक निर्माणको उद्घाटन गरेपछि सम्बन्धमा थप चिसोपना बढेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *