ताजा समाचार

काठमाडाैंमा ३ सहित एकैदिन थप ७२ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ । सोमबार बिहान स्वास्थ्य मन्त्रालयले गरेको तथ्यांक अध्यवधिक अनुसार देशभर ६ सय ७५ जना कोरोना संक्रमित भएका छन् ।
नयाँ संक्रमितहरू काठमाडाैं टाेखा नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाकाे ३ जना रहेकाे छन् । राैतहटमा सबैभन्दा धेरै २६ जना, बारामा २१ जना, दैलेखमा ७ जना छन् । साथै धनुषा, कपिलवस्तु काठमाडाैंमा समान तीन तीन जना छन् । त्यस्तै सप्तरी दुइ जना, बाँकेमा ४ जना र बर्दियामा एक जना छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *