ताजा समाचार

एकै दिन १८ जना कोरोना संक्रमित डिस्चार्ज, सबै एकै परिवारका सदस्य

विरगन्ज । आइतबार एकै दिन पर्साका १८ जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत उनीहरूलाई आइतबार राति डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए।

उनका अनुसार, वीरगन्ज ३ छपकैयाको एकै परिवारका २ महिने शिशु र १० बालबालिका सहित १८ जनालाई आइतबार राति डिस्चार्ज गरि घर पठाइएको हो।
उनीहरुमा बैखाश २४ गते कोरोना पुष्टि भएको थियो । परिवारको एक सदस्यमा कोरोना संक्रमण भएपछि कन्ट्रयाक ट्रेसिङका क्रममा एकैपरिवारको यति धेरैमा कोरोना पूष्टि भएको हो ।

योसँगै देशभरबाट कोरोना संक्रमण निको हुनेको संख्या १ सय ४ पुगेको छ। शनिबार मात्र नारायणी अस्पतालबाटै ९ जना र रुपन्देहीको कोरोना अस्पतालबाट १० जना निको भएका थिए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *