काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार अपरान्ह नियमित पत्रकार सम्मेलनमा तथ्यांक सार्वजानिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रायलका प्रवक्ता डा विकास देवकोटाले थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।
आइतवार अपरान्ह १९ जना कोरोना भाइरस संक्रमितकाे संख्या संख्या ६ सय ३ पुगेको हाे । जसमध्ये ५ सय २४ पुरुष र ७९ महिला छन ।
आइतवार मोरग,वारा, पसा,रौतहट, रुपन्देही, कपिलवस्तु, गुल्मी, काठमाडौ र नुवाकोटलगायतका जिल्लामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हालसम्म ४२ जिल्लामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।




