काठमाडौं। शनिवार अपरान्ह ३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन । संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । जसमध्ये ५ सय ५ पुरुष र ७९ महिला छन ।
सेती प्रादेशिक प्रयोगशालमा भएको परिक्षणका क्रममा बैतडी सिवनाथ ४ पुरुषमा कोरोना संक्रमण भएको हो । संक्रमितहरु २० वर्षका २ जना र २२ र २७ वर्षका छन ।
कोशी अस्पातालमा गरिएको परिक्षणमा झापा गउँपालिकाकाका ३३ वर्षका पुरुषमा कोरोना पुष्टि भएको छ ।
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठनाको प्रायोगशालमा गरिएको परिक्षणमा नरैनपुर मद्रसा बाकेका ६,नरैनपुर ३ बाकेका १५,बाँकेकै ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वर्दिया वडैयाताल ७ का १९ वर्षीय पुरुषको नतिजा पोजेटिभ आएको छ । यसै गरी सुर्खेतमा दुई पुरुष र एक महिला गरी तीन जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
हालसम्म ४० जिल्लामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेश नम्बर एकमा ८६ ,प्रदेश नम्बर २ मा १७२, वागमती प्रदेशमा ३२ , गण्डकी प्रदेशमा ५जना, प्रदेशनम्बर ५ मा २७१ ,कार्णाली प्रदेशमा ४ र सुदुरपश्चिम प्रदेशमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
नेपालमा पीसीआर विधिबाट ४५ हजार ९ सय ५७ जनाको परिक्षण भएको छ भने आरडिटी विधिबाट ८६ हजार २ सय ३५ जनाको परिक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । अहिलेसम्म १ लाख ३२ हजार १ सय ९२ को परिक्षण भएको उनले बताए । क्वारेनटाइनमा ३२ हजार ५ सय ८७ जना छन ।
प्रदेश नम्बर एकमा ६० ,प्रदेश नम्बर २ मा १६६,वागमती प्रदेशमा २२ , गण्डकी प्रदेशमा ३ जना, प्रदेशनम्बर ५ मा २४७ ,कार्णाली प्रदेशमा १ र सुदुरपश्चिम प्रदेशमा ९ गरी ५ सय ८ जना आइसोलेशनमा रहेको प्रवक्ता देवकोटाले जानकारी दिए ।
कोभिड १९ को उपचारपछि निकोभएर ७० जना घर फर्केका छन । तीन जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।




