ताजा समाचार

आर्थिक हिनामिना गरेको आरोपमा नेपाली सेनाका जर्नेल राणा र कर्णेल सिलवालको ‘लाइन अरेष्ट’

 काठमाडौं । नेपाली सेनाका सहायकरथी प्रयोगजङ्ग राणा र महासेनानी नवीन सिलवाललाई सेनाले ‘लाइन अरेष्ट’ गरेको छ । आर्थीक अनियमितता गरेको आरोपमा छानवीवनका लागि लाइन अरेष्ट गरी नेपाली सेनाको सेवा दलमा राखेको सैनिक उच्च स्रोतले जानकारी दिएको छ ।

नेपाली सेनाको उच्च स्रोतका अनुसार सहायक रथि राणामाथी दुई बर्षअगाडि वीरेन्द्र शान्ति तालिम केन्द्र, काभ्रेको पाँचखालमा प्रमुख हुँदा ‘प्राइभेट फण्डको रकम सदुपयोग गर्न नसकेको’, छाउनिस्थित अस्पतालमा बस्दा आर्थिक अनियमितता गरेको र युएनको जिपिओआई कोर्स संचालन गर्न आउने रकममा समेत अनियमितता गरेको अभियोगअन्तर्गत छानविन चलिरहेको छ भने सिलवामाथी पनि वीरेन्द्र शान्ति तालिम केन्द्रमा वस्दा आर्थिक अनियमिततामा संलग्न भएकोले छानवीनका लागि लाइन अरेष्ट गरिएको हो ।

शुक्रवार सेनाका महासेनानी भुपालमानसिंह अधिकारीलाई सैनिक सेवावाट बर्खास्त गर्दै जेल चलान गर्ने र अर्का प्रमुख सेनानी देव बहादुर क्षेत्रीको दुई बर्ष बढुवा रोक्का गर्ने र उनले गरेको अनियमतताको रकम समेत असुल उपर गर्ने निर्णय सैनिक अदालतले गरेको थियो । नेपाली सेनाले भ्रष्टाचारलाई उल्टाउने कडा नीति अख्तियार गर्दै भबिष्यमा समेत सैनिक अनुशासन र आचरण बिरुद्धको क्रियाकलापमा शुन्य सहनशिलताको नीति लिएको दावी गरेको छ । सेनाले उपरथी आननन्द अधिकारीको अध्यक्षता कोर्ट अफ इन्क्वायरी गठन गरेको छ । उक्त समितिमा सहायकरथी सहदेव खड्का समेत छन् । पाँचखाल अनियमिततामा जोडिएका अन्य १२ जना अफिसरहरुको बयान सम्पन्न भइसकेको छ भने त्यहाँका सुवेदार मेजर समेत थुनामा छन् ।

सहायकरथी राणा र प्रमुख सेनानी सिल्वाललाई प्रमाण नस्ट गर्न नपाउन् भन्ने उदेश्यले उनीहरुलाई लाइन अरेष्ट गरेर बयान लिन थालिएको छ । सहायकरथी राणा सेनामा सधै आकर्षक ठाउंमा जिम्मेवारी पाउंदै आएका थिए । उनलाई आर्थिक अनियमितता गरेको आरोप यसअघि लागेपनि सेनाका उच्च तहका अधिकारीहरु उनका आफन्त पर्ने भएकाले उनलाई अहिलेसम्म कुनै कार्वाही भएको थिएन् । राणाले शान्ति सेना, सैनिक प्रहरीको गण कमाण्ड, भक्तपुरस्थित सैनिक बिध्यालय र सैनिक अस्पताल छाउनीमा जिम्मेवारी सम्हालिसकेका छन् । राणाले यसअघि १६ बाहिनीको बाहिनीपति र छाउनीस्थित सैनिक अस्पतालको स्तरउन्नोतीको दुवै जिम्मेवारी समेत सम्हालेका थिए । सहायकरथी राणाले भारतबाट एनडिसी कोर्स गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *