काठमाडौं । दुईमहिनादेखि जारी रहेको लकडाउन कहिले खुल्छ भन्नेबारे निर्णय गर्ने जिम्मेवारी सरकारको भएपनि सरोकारवालाहरुले पनि चासो राख्न थालेका छन् । सरकारले लकडाउन कहिलेसम्म राख्ने , कहिले कमजोर कदम चल्ने, कस्ता खालका नियमनहरू खुला गर्ने र त्यसको साटो कसरी भाइरस नियन्त्रण गर्ने अनि कसरी मानिसको जीवन बचाउने र समाजमा दिर्घकालीन क्षति कम गर्ने भन्ने निर्णय गरेपनि समुदायमा यसको कसरी खुला हुन्छ भन्ने बारेमा बहस सिर्जना हुन थालेको छ । खासमा हामीसँग अरू खासै राम्रा विकल्पहरू छैनन् एक दिनमा नै केही हुँदैन तर विस्तरै अवस्था फेरिनसक्छ भन्ने मान्यताका साथ लकडाउनलाई सरकारले जारी राखेको छ ।
सङ्क्रमणको तह सर्वाधिक उच्च विन्दुमा पुगेपछि वा सर्वाधिक तल्लो विन्दुमा खसेपछि हामी स्वतः साधारण अवस्थामा फर्कन सक्ने अवस्थामा छैनौ । विश्वमै हेर्ने हो भने अहिले सबैभन्दा बढी संक्रमितहरुको संख्या बढी भएको मुलुक अमेरिका हो । त्यहाँको जनजीवन त्रसित मात्र छैन लकडाउनै मानिसहरु काम गर्न बाध्य छन् । युकेमा सङ्क्रमित भएका मानिसहरूको अनुमानित अनुपात जम्मा ४ प्रतिशत हो । अर्को तथ्यांक अनुसार ६ करोड ३० लाख भन्दा बढी मानिसहरू अझै पनि सङ्क्रमणको जोखिममा छन् । यदी त्यहाँ लकडाउन खुल्ला गरियो भने अर्को विस्फोटक सङ्क्रमण अवश्यंभावी छ भन्ने विश्व स्वास्थ्य संगठनको धारणा छन । कतिपय देशमा प्रतिबन्ध लगाइएको बाहिर गरिने व्यायाम सहितका गतिविधिलाई न्यून जोखिम भनिएको छ । अत्यावश्यक बाहेकका पसल पुनः खोल्न दिने र बेला बेला मानिसहरूलाई घर बाहिर पनि सामुहिक रूपमा भेला हुन दिने गर्दा मध्यम तहको भन्न सकिन्छ । तर घरभित्रैबाट काम गर्ने सुझाव हटाउने, विद्यालयहरू सञ्चालनमा ल्याउने र बिरामी अनि क्वारन्टीनमा रहेकालाई अलग नराख्दा उल्लेख्य जोखिम हुने देखिन्छ । तर कुन व्यवस्थालाई हटाउने र कुनलाई कायम राख्ने भन्ने अप्ठेरो निर्णय हो । समाजलाई र अर्थतन्त्रलाई पुर्याउने फाइदासँग भाइरसले पार्नसक्ने प्रभाव हेरेर यसबारे निष्कर्षमा पुग्न विज्ञहरू सुझाव दिन्छन ।
नेपालमा लकडाउन भने पनि अत्यावश्यक सेवाहरु सञ्चालन गर्नैपर्ने बाध्यता रहेको छ । कोरोना फैलन नदिने सरकारले जसरी लकडाउनको घोषणा गर्यो । त्यसले गर्दा भाइरस फैलन नपाएको भन्दै आम जनसमुदायले सरकारको अहिलेसम्मको निर्णयलाई साथ दिएका छन् । तर, लामो समयको लकडाउनले जनजीवनमा अप्ठ्यारो परिरहेको छ । अर्कोतर्फ मुलुकको अर्थतन्त्र चौपट बनेको छ । लकडाउनलाई खुल्ला गर्दा कोरोनाको महामारी समुदायमा फैलिएला कि भन्ने जोखिम पनि हटिसकेको अवस्था छैन । इरान, इटली र अमेरिकामा हेलचेक्र्याइँ गर्दा ठूलो दुर्घटना निम्तिएको अवस्था छ । भारतको तयारीलाई हेदा त्यहाँ निश्चित शर्तहरु राखेर लकडाउनलाई खुकुलो पार्ने विषयमा छलफल भइरहेको देखिन्छ । तर, जेठ २० सम्म सिंगो देश लकडाउनमै रहनेछ । किनभने, भारतमा कोरोना इम्पोर्टेडबाट समुदायमा प्रवेश गर्न थालेको अवस्था छ । यसले गर्दा नेपालको पहाडी जिल्लाहरुमा पनि संक्रमण फैलिरहेको छ । लकडाउनमा सबैलाई व्यवसाय सञ्चालन गर्ने अनुमति छैन तर गर्ने र सक्नेले गरिरहेको अवस्था पनि छ । सेमिलकडाउनले धेरै उद्यमीलाई यता न उता बनाएको छ ।
सरकारको आदेश पालना गर्ने कि खुकुलो लकडाउनको फाइदा उठाउने भन्ने बारेमा मानिसहरुवीच द्धिविधा देखिएको छ । लकडाउनको पालना अझै कडाइसाथ हुनुपर्छ । तर सरकारको निर्णय र बजारको प्रवृत्ति हेर्दा लाग्छ– देशको अर्थतन्त्र बचाउने नाममा जनता मार्ने काम त भएको छैन भन्ने प्रश्नले समेत घर गरिरहेको छ । भित्रभित्रै रेस्टुराँहरू चल्न थालिसके । मानिसहरू भेटघाट बढाइरहेका छन् । यो सब देखेर पनि नदेखेजस्तो गरिरहेको छ, प्रहरी प्रशासन । यस्तो किन भइरहेको छ ? कोरोना संक्रमणको रेखा झन् उकालो लागेका बेला खुकुलिएको लकडाउनको प्रभाव कस्तो पर्ला वा अबको संकट झन गहिरेला भन्ने चिन्ता समेत बढिरहेको छ ।
कोरोना भाइरसको संक्रमणबारे प्रत्यक्ष अपडेट दिने तथा विभिन्न माध्यमबाट नागरिकसँग अन्तरक्रियामा रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यो प्रश्न थेग्नै नसक्ने गरी आएको छ । लकडाउनबारे बढ्दो प्रश्न र सरकारी प्रतिक्रिया नहुँदा अन्योलता बढेपछि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसको संक्रमणको स्थितिले लकडाउन खुल्ने नखुल्ने निर्धारण गर्ने बताउदै आएका छन् । कोरोना संक्रमितको संख्या नबढे लकडाउनको स्वरुपमा परिवर्तन हुने संकेत गरे । परीक्षणको दायरा बढाइएको भन्दै यसको नतिजामा लकडाउन लम्बिने वा खुल्ने कुरा भर पर्ने सरकारी धारणा छ । केही क्षेत्रमा खुकुलो गर्ने सरकारी तयारी यतिबेला ओझेलमा परेको छ ।




