ताजा समाचार

काठमाडौंमा एकसहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा शनिबार बिहान थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शनिबार विहान अध्यावधिक गरेको विवरण अनुसार नेपालमा संक्रमितको संख्या ५ सय ४८ पुगेको छ ।
नयाँ संक्रमित मध्ये काठमाडौंकोे ३५ वर्षिय एक पुरुष छन्। भने सबैभन्दा धेरै सर्लाहीमा १३ जना संक्रमित भेटिएका छन् । त्यस्तै रुपन्देही र कपिलवस्तुमा ८/ ८ जना छन् । त्यसैगरी बारा  र चितवन एक एक जना गरी जम्मा ३२ जना नयाँ संक्रमित भेटिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *