ताजा समाचार

मन्त्रिपरिषद बैठक : संविधान संशोधन विधेयक संसद्मा दर्ता गर्ने निर्णय

काठमाडौँ।शुक्रवार बसेकाे मन्त्रिपरिषदले तीनवटा निर्णय गरेकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद बैठकले नेपालको नयाँ नक्शा र निशान छाप समेटिने गरी संविधान संशोधनसम्बन्धी विधेयक सङ्घीय संसद्मा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

केही अध्यादेश खारेज गरी नेपाल एेन साविकाे व्यवस्था जगाउने अध्यादेश २०७७ लाइ प्रतिश्थापन गर्न बनेकाे विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय समेत गरेकाे  अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले  सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । यसै गरी सरकाले मुस्लिम धर्मवालम्वीहरूकाे पर्व इदुलफित्रका विदा सार्वजनिक दिने निर्णय गरेकाे मन्त्री खतिवडाले जानकारी दिए ।

 पत्रकार सम्मेलनका क्रममा मन्त्री खतिवडाले मित्रराष्ट्रसंग सम्वाद गरेर गरेर प्रमाणका आधारमा जमिन फिर्ता गर्ने  बताए । अहिले याे मुद्दालाइ अन्तर्राष्ट्रियकरण नबनाउने उनले स्पष्ट पारे ।

सरकारले यही जेठ ५ गते नेपालको नयाँ नक्शा ल्याउने निर्णय गरेको थियो । भूमिव्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा(राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *