काठमाडौं । नेपालका थप तीस जनाका काेराेना संक्रमण पुष्टि भएकाे छ । शुक्रबार बिहानसम्मकाे तथ्यांक अनुसार देशभर संक्रमितकाे संख्या ४ सय ८७ पुगेकाे छ ।
शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको हो ।
शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।





