ताजा समाचार

थप तीन जनामा कोरोना संक्रमण पुष्टि, देशभर ४ सय ५७ पुगे संक्रमित

काठमाडौं । नेपालमा थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बिहिबार साँझ स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचना अनुसार बाँकेमा २ जना र कपिलवस्तुको एक जना संक्रमित छन् ।
नयाँ पुष्टि हुनेमा बाँकेको नरैनापुरका ३२ वर्षीय पुरुष एक जना छन् भने सोही जिल्लाको खजुराकी ४३ वर्षीया महिला समेत छन्। यसैगरी कपिलवस्तुको शुद्धोधनका १९ वर्षीय पुरुष पनि संक्रमित पाइएको मन्त्रालयले जानकारी दिएको हो।

भेरी अञ्चल अस्पताल र प्र‍ादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पछिल्लो पटक तीन जनामा कोरोना संंक्रमण पाइएको जानकारी मन्त्रालयले दिएको हो। याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४ सय ५७ पुगेकाे छ । विहिवार ३० जना संक्रमित थपिएका छन ।   बिहिबार ४ जनासहित ४९ जना उपचार पछि निकाे भएर घर फर्किएका छन् । ३ जनाकाे काेराेनाकाे कारण ज्यान गएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *