ताजा समाचार

विहिवार ४ जना डिस्चार्ज भएसंगै काराेनाबाट निकाे हुनेकाे संख्या ४९ पुग्याे, ३ काे मृत्यु

काठमाडौँ।काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत चार कोरोना भाइरस सङ्क्रमित व्यक्ति निको भई घर फर्किएका छन । काेराेनालाइ जितेर दुई महिला तथा दुई पुरुष घर फर्किएका हुन । नवौँ दिनको बसाइपछि उनीहरुलाई विहिवार अस्पतालले डिस्चार्ज गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

डिस्चार्ज हुनेमा २३ वर्षीया महिला, ३७ वर्षीय पुरुष, २५ वर्षीया महिला र २७ वर्षीय पुरुष छन। यससँगै कोराना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या ४९ पुगेको छ ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको सघन कक्षमा उपचाररत गुल्मीका ४१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।  यस अघि सिन्धुपाल्चाेककी  २९ वर्षीय सुत्केरी महिला र बाके नरैनापुरका २५ वर्षीय एक युवककाे काेराेना संक्रमणबाट निधन भएकाे थियाे ।

नेपालमा केभिड – १९ सङ्क्रमितको सङ्ख्या ४५३ पुगेको छ भने ३८ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *