ताजा समाचार

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ५३ पुग्यो

काठमाडौं।विहिबार अपरान्ह ९ जना कोरोना भाइरस संक्रमित थपिएका छन । २ जिल्लाका जनामा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हरु १७ देखि ५५ वर्ष उमेर समुहका छन ।
झापामा ८  र रुपन्देहीमा १ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

नेपालमा कोराना संक्रमितको संख्या ४ सय ५३ पुगेको छ ।हालसम्म ३८ जिल्लाका ४ यस ५३ पुरुष र ७० जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रदेश नम्बर एकमा ८४ ,प्रदेश नम्बर २ मा १३६, वागमती प्रदेशमा २६ , गण्डकी प्रदेशमा ४ जना, प्रदेशनम्बर ५ मा १९७ ,कार्णाली प्रदेशमा १ र सुदुरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
नेपालमा पीसीआर विधिबाट ३८ हजार ७ सय ३६ जनाको परिक्षण भएको छ भने आरडिटी विधिबाट ७८ हजार ६ सय ९५ जनाको परिक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । अहिलेसम्म १ लाख १७ हजार ४ सय ३१ को परिक्षण भएको उनले बताए । २५ हजार ३० जना क्वारेन्टाइनमा छन ।
कोभिड १९ को उपचारपछि निकोभएर ४९ जना घर फर्केका छन । तीन जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *