ताजा समाचार

कोरोना अपडेट : विश्वभर संक्रमित ५० लाख नाघ्यो, ३ लाख २९ हजारको मृत्यु

एजेन्सी । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २९ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख नाघेको छ ।

वल्डोमिटरर्स बिहिबार बिहानसम्मको तथ्यांक अनुसार विश्पभर ५० लाख ८४ हजार ९ सय १८ जनाका कोरोना देखिएको छ । भने ३ लाख २९ हजार ७ सय १८ ले कोरोना कै कारण ज्यान गुमाएका छन् ।

विश्वभर २४ घण्टाको अवधिमा एक लाखको हाराहारीमा नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर ४ हजार ७४०जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ८०३ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाख ३३ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *