काडमाडौं।नेपालले बुधवार जारी गरेको लिम्पियाधुरासहितको नयाँ राजनीतिक नक्सा भारतले नस्वीकार्ने बताएको छ । भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सीमासम्बन्धी विवाद कूटनीतिक वार्ताबाट समाधान गर्ने द्विपक्षीय सहमतिविरुद्धको कार्य नेपालले गरेको भन्दै आपत्ति जनाएका हुन ।
उनले विज्ञप्ती जारी गरेर नेपाल सरकारले सार्वजनिक गरेको नेपालको परिमार्जित नक्सामा भारतीय भूभागहरू पनि परेका छन । यो एकतर्फी कार्य ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैन।
विज्ञप्तिमा भनिएको छ,नेपालको नेतृत्वले सीमासम्बन्धी विषय समाधान गर्न कूटनीतिक वार्ताका लागि सकारात्मक वातावरण सिर्जना गर्छ भन्ने हामी अपेक्षा गर्छै ।





