ताजा समाचार

अशक्त, अपाङ्गता र एकल महिलाको सामाजिक सुरक्षा भत्ता रोक्ने निर्णय सच्याउन कांग्रेसकाे माग   

काठमाडौँ। नेपाली काँग्रेसले सरकारले अशक्त, अपाङ्गता र एकल महिलालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता तत्कालका लागि रोक्ने निर्णयप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले आज एक विज्ञप्ति जारी गरी संविधानले नै अशक्त, अपाङ्गता तथा एकल महिला सामाजिक सुरक्षाबाट वञ्चित हुन नमिल्ने व्यवस्था गरेकाले तत्काल उक्त निर्णय सच्याउन सरकारको ध्यानाकर्षण गराएका हुन ।

कोरोना महामारीबाट प्रताडित भएको अवस्थामा सामाजिक सुरक्षा भत्ता रोकिनु अमानवीय गतिविधि भएको काँग्रेसले जनाएको छ । काँग्रेसले सरकारले गरेको सो निर्णयलाई तत्काल सच्याउन मागसमेत गरेको छ ।
https://scontent.fktm8-1.fna.fbcdn.net/v/t1.0-9/s960x960/99123347_2014940988649472_1274807702895198208_o.jpg?_nc_cat=104&_nc_sid=110474&_nc_ohc=8t7T_-EUlNoAX9wv4Vf&_nc_ht=scontent.fktm8-1.fna&_nc_tp=7&oh=da625a427fdc85b3efc2945828f2ac2c&oe=5EE90909

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *