काठमाडौं । सरकारले जेठ मसान्तसम्म सम्पूर्ण हवाई उडानमा रोक लगाउने निर्णय गरेको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले आन्तरिक तथा वाह्य हवाइ उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो । जेठ २० गतेसम्म लकडाउन लम्बिरहेको बेला सो समितिले हवाई उडान र सीमा नाका जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।
सरकारले हवाइ उडान तथा सीमा नाका जेठ १८ सम्म बन्द गर्ने निर्णय भएको थियो।




