कठमाडौं।नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरवाहादुर देउवाले ‘रेस्क्यु नेपाली एप’ र ‘वेब एप’ सार्वजनिक गरेका छन । “संकटमा उद्धार मातृभूमिको कर्तव्य“ उद्घोष साथ नेपाली कांग्रेसको सूचना, संचार तथा प्रचार विभागले निर्माण गरेको एप सभापति देउवाले ट्विटरमार्फत सार्वजनिक गरेका हुन ।
नेपालसमेत ४३ देशबाट जेठ ७ गते नेपाली समय अनुसार अपरान्ह ३ बजे एकसाथ ‘रेस्क्यु नेपाली एप’ र ‘वेब एप’ सार्वजनिक गरिएको हो । नेपाली जनसम्पर्क समिति रहेका ३५ देशमा सभापति एवं संयोजकहरुले तथा अन्य ७ देशमा सामाजिक भूमिकामा रहेका व्यक्तिहरुले पनि उक्त एप सार्वजनिक गरेका छन ।
अप्ठ्यारोमा परेर देश फर्कन चाहिरहेका नेपाली नागरिकको विश्वव्यापी रुपमा तथ्यांक संकलन गर्न कांग्रेसले एप सार्वजनिक गरेको हो । एपमार्फत नेपाल बाहिर विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीहरुको हालको स्थिति विवरण संकलन गरिने जनाइएको छ । यो एपमा ब्यक्ति स्वयंले अथवा निकटस्थ कसैले पनि विवरण भर्न सक्ने कांग्रेले जनाएको छ ।
विश्वब्यापी रूपमा गरिने तथ्यांक र विवरणको एक साताको संकलन पश्चात् उद्वार गर्नुपर्ने नेपालीको स्थिति प्राथमिकता वर्गीकरण गरेर नेपाल सरकार समक्ष रचनात्मक सुझाव र उद्दारको दबाबका साथ प्रस्तुत गरिने प्रवक्ता एवं प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्माले जनाकारी दिए ।
विस्तृतमा हेर्नुहोस एपको बारेमा
“संकटमा उद्दार मातृभूमिको कर्तव्य´´ उद्घोष साथ
`Rescue नेपाली´ एप र `वेब एप´ सार्वजनिक l ।
“संकटमा उद्धार मातृभूमिको कर्तव्य“ उद्घोष साथ नेपाली कांग्रेसको सूचना, संचार तथा प्रचार विभागले एक ‘एप’ निर्माण गरेको छ । नेपाल समेत ४३ देशबाट आज जेठ ७ गते नेपाली समय अनुसार अपरान्ह ३.०० बजे एकसाथ ‘एप’ र ‘वेब एप’ सार्वजनिक गरिएको छ ।
1,https://play.google.com/
2,http://www.nepalicongress.
नेपालमा सभापति श्री शेरबहादुर देउवाले ट्विटर मार्फत एप सार्वजनिक गर्नुभयो भने नेपाली जनसम्पर्क समिति रहेका ३५ देशमा सभापति एवं संयोजकहरुले तथा अन्य ७ देशमा सामाजिक भुमिकामा रहेका साथीहरूले ।
देशहरू : इजरायल, वेल्जियम, संयुक्त अधिराज्य (युके) अमेरिका, हङकङ, दक्षिण कोरिया, स्वीटजरलैण्ड, पोर्चुगल, इटाली, जर्मनी, स्पेन, डेनमार्क, नेदरलैण्ड, जापान, अस्ट्रेलिया, कतार, मलेशिया, युएई, पोल्याण्ड, क्यानाडा, मकाउ, साउदी अरब, बहराईन, कुवेत, नर्वे, न्यूजिलैण्ड, भारत, चीन, फिनल्याण्ड, आयरल्याण्ड, ओमान, फ्रान्स, साईप्रस, स्वीडेन, लक्जेम्वर्ग, बंगलादेश, मालद्विप्स, पाकिस्तान, चेक रिपब्लिक, इराक, रोमानिया र माल्टा ।
एपको नाम : Rescue नेपाली
एपको उद्देश्य :
१, नेपाल बाहिर विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीहरुको हालको स्थिति विवरण संकलन ।
२, अप्ठ्यारोमा परेर देश फर्कन चाहिरहेका नेपाली नागरिकको विश्वव्यापी रुपमा तथ्यांक संकलन ।
एपको लक्ष्य :
१, संकलित तथ्यांक वर्गीकृत गरेर ब्यक्तिको स्थितिको प्राथमिकताका आधारमा राहत ब्यवस्थापन र उद्दार गर्न नेपाल सरकारलाई सघाउ र दबाब पु¥याउने ।
प्रक्रिया :
१, यो एपझमा ब्यक्ति स्वयंले अथवा निकटस्थ कसैले पनि विवरण भर्न सक्नुहुनेछ ।
एप मार्फत ब्यक्तिको निम्न विवरण संकलन हुनेछ
१, पहिचान र सम्पर्क
क) नाम —
ख) हाल रहेको देश
ग) हाल रहेकोे शहर
घ) सम्पर्क नम्बर
२, राहतको अवस्था
क) दूतावासबाट
ख) NRN बाट
ग) नेजसस बाट
घ) अन्य संस्थाबाट ।
३, हालको अवस्थामा ब्यक्तिगत या पारिवारिक योजना
संभव भएसम्म चांडो नेपाल फर्कने चाहना अथवा तत्काल त्यहीँ रहने योजना ।
४, नेपाल फर्कन चाहनुको कारण
क) रोजगारी गुमेकाले
ख) भिसा अवधि सकिएकाले
ग) ‘एमनेस्टी’ पाएकाले
घ) कलेज बन्द भएकोले
ङ) सम्बन्धित सरकारले देश फर्काउन चाहेकाले
च) परिवारका सदस्य भेट्न आउंदा रोकिएकाले
छ) अथवा अन्य कारण …
५, नेपाल फर्कने निश्चित योजना
क) स्थायी रुपमै
ख) स्थिति अनुकुल भएपछि फेरि फिर्ने गरि
६, नेपालको ठेगाना
क) प्रदेश
ख) जिल्ला
ग) स्थानीय तह
७, नेपाल फर्केर कार्य गर्न रुचि या अनुभवको क्षेत्र
क) कृषि उत्पादन
ख) औद्योगिक उत्पादन
ग) ब्यापार र ब्यवसाय
घ) मासु उत्पादन
ङ) प्रविधि क्षेत्र
च) शैक्षिक क्षेत्र
छ) अन्य …
विश्वब्यापी रूपमा गरिने तथ्यांक र विवरणको एक साताको संकलन पश्चात् उद्वार गर्नुपर्ने नेपालीको स्थिति प्राथमिकता वर्गीकरण गरेर नेपाल सरकार समक्ष रचनात्मक सुझाव र उद्दारको दबाबका साथ प्रस्तुत गरिने छ ।
निर्माण टिम-
ई. दिपेश बिष्ट- टिम लिड
(पूर्व महासचिव-सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल)
ई. शशांक श्री न्यौपाने-प्रोजेक्ट म्यानेजर
(पूर्व केन्द्रीय सदस्य-सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल)
अशोक श्रेष्ठ- App Developer
ई नारायण जोशी-App Developer
अमित सोनार
Back End Developer
जय नेपाल !
विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, संचार तथा प्रचार विभाग
नेपाली कांग्रेस




