ताजा समाचार

तीन वर्षीय बालकसहित २५ जनामा कोरोना पुष्टि, संक्रमित ४ सय २७ पुगे

काठमाडौं।बुधवार अपरान्ह २५ जना कोरोना भाइरस संक्रमित थपिएका छन । ४ जिल्लाका जनामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हरु तीन वर्षको वालकदेखि ४८ वर्ष उमेर समुहका छन ।
बाँकेमा ६, धनकुटामा ५,कपिलवस्तुमा १३, जना, नवलपरासी पश्चिम १, गरी २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज १८ जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
हला नेपालमा कोराना संक्रमितको संख्या ४ सय २७ पुगेको छ । जसमध्ये ३८ जिल्लाका ३ यस ५८ पुरुष र ६९ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रदेश नम्बर एकमा ५९ ,प्रदेश नम्बर २ मा १३६, वागमती प्रदेशमा २६ , गण्डकी प्रदेशमा ४ जना, प्रदेशनम्बर ५ मा १९६ ,कार्णाली प्रदेशमा १ र सुदुरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
नेपालमा पीसीआर विधिबाट ३५ हजार ४ सय ९४ जनाको परिक्षण भएको छ भने आरडिटी विधिबाट ७५ हजार ७२ जनाको परिक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । अहिलेसम्म १ लाख १० हजार ५ सय ६६ को परिक्षण भएको उनले बताए । २३ हजार २ सय २ जना क्वारेन्टाइनमा छन ।
कोभिड १९ को उपचारपछि निकोभएर ४५ जना घर फर्केका छन । दुई जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *