ताजा समाचार

लकडाउनमा ड्युटिमा खटिएका कालिमाटी वृतका दुई प्रहरीमा कोरोना पुष्टि

काठमाडौं । मंगलबार काठमाडौं जिल्लामा देखिएका तीन जना मध्ये दुई जना प्रहरी सेवामा रहेको खुलेको छ । काठमाडौंको कालीमाटी वृत्तमा कार्यरत दुईजना प्रहरीमा कोरोना संक्रमण देखिएको हो । लकडाउनको समयमा फिल्डमा खटिएका प्रहरी नायव निरिक्षक( सई) र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको एक प्रहरी अधिकृतले जानकारी दिए।

उनीहरुको रिपोर्ट राति अबेर आएपछि अहिले सशस्त्र प्रहरीको कोरोना अस्पताल बलम्बुमा लगेर आइसोलेसनमा राखिएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले पनि दुईजना प्रहरीमा कोरोना देखिएको पुष्टि गर्दै आइसोलेसनमा राखिएको बताए ।
कालीमाटी वृतमा ९० जना प्रहरी रहेका र बाँकी प्रहरीको आज पीसीआर टेष्ट गराउने तयारी भइरहेको छ ।

त्यसै गरी भक्तपुर जिल्लाका कोरोना संक्रमित भनिएका ४१ वर्षिय पुरुष पनि काठमाडौं महानगरको फोहोरमैला बोक्ने गाडीका चालक भएको खुलेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *