ताजा समाचार

२७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ सय २ पुग्यो

काठमाडौं।मंगलबार अपरान्ह २७ जना कोरोना भाइरस संक्रमित थपिएका छन । १३ जिल्लाका जनामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
झापामा ९ ,मोरङमा १, सुनसरीमा १, सर्लाही २, मकवानपुर १, काठमाडौंमा ३, भक्तपुरमा १, सिन्धुलीमा १, रामेछापमा १,लमजुङमा १, ललितपुरको १, कपिलवस्तुको ४ र नवलपरासीको १ गरी २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज २४ जना पुरुष र ३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
नेपालमा कोराना संक्रमितको संख्या ४ सय २ पुगेको छ । जसमध्ये ३ यस ४० पुरुष र ६२ जना महिला छन । हालसम्म ३६ जिल्लमा काेराेना संक्रमण फैलिएकाे छ । प्रदेश नम्बर एकमा ५४ ,प्रदेश नम्बर २ मा १३६, वागमती प्रदेशमा २७ , गण्डकी प्रदेशमा ४ जना, प्रदेशनम्बर ५ मा १७६ ,कार्णाली प्रदेशमा १ र सुदुरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता देवकोटाले जानकारी दिए ।

नेपालमा पीसीआर विधिबाट ३२ हजार ६ सय ४ जनाको परिक्षण भएको छ भने आरडिटी विधिबाट ७४ हजार ६ सय ४९ जनाको परिक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिए । अहिलेसम्म १ लाख ७ हजार २ सय ५३ को परिक्षण भएको उनले बताए । २१ हजार ६ सय ३२ जना क्वारेन्टाइनमा र ४ सय ५७ जना आइसोलेशनमा छन ।

कोभिड १९ को उपचारपछि निकोभएर ३७ जना घर फर्केका छन । दुई जनाको कोरोना संक्रमणका कारण निधन भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *