ताजा समाचार

कूटनीतिक वार्ताको माध्यमबाट अतिक्रमित भूमि फिर्ता लिन्छौं : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतद्वारा अतिक्रमित भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता लिइछाड्ने बताए । भूमि फिर्ता गर्नैका लागि नेपालको नयाँ नक्सा मन्त्रिपरिषदबाट पारित गरिएको बताए । त्यो भूभाग नेपालको भएको दावी गरे । यो तमासा गर्न गरिएको होइन, हाम्रो भूमि फिर्ता लिन निर्णय गरिएको उनले स्पष्ट पारे ।

संवोधनका क्रममा उनले भने लिपुलेक, लिम्पियाधुरा, कालापनी ओझेमा पर्ने छैन । हाम्रो भूमि फिर्तालिएर छोड्छौ । यो भूमि विवादित होइन भारतले अतिक्रमण गरेर विवाद भएको हो । कूटनीतिक वार्ताको माध्यमबाट ठोस पहर गरेर अतिक्रमित भूमि फिर्ता लिन्छौ । उनले संविधानको अनुसूची ३ संशोधनका लागि संसदमा प्रस्ताव आउने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *