ताजा समाचार

जब प्रधामन्त्रीले भने- सभामुख महोदय, स्वास्थ्यको कारण मलाई उभिएर बोल्न गाह्रो भयो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्यको कारण प्रतिनिधि सभामा उभिएर सम्बोधन गर्न नसकेपछि कुर्सीमै बसेर सम्बोधन गर्ने व्यवस्था मिलाईएको छ ।
सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रममाथी उठेको प्रश्नहरुको जवाफ दिने क्रममा प्रम ओली अहिले संसदमा बोलिरहेका छन् ।
लामो समय उभिएर बोल्नु पर्दा उनलाइ बोल्न समस्या भएपछि सभामुख महोदय स्वास्थ्यको कारणले मलाई उभिएर बोल्न गाह्रो भयो भनेका थिए । त्यसपछि सभामुखले कुर्सीको व्यवस्था गर्न निर्देशन गरेका थिए ।
कुर्सीको व्यवस्था गर्न अलमल भएपछि तलै बसेर सम्बोधन गर्ने कि भनेर सभामुखले प्रस्ताव समेत गरे तर सबैलाई देख्न सकिने भन्दै प्रधानमन्त्रीले ड्यासबाटै बोल्ने मन गरेपछि अग्लो कुर्सी खोजेर बस्ने व्यवस्था मिलाइएको थियो ।
कुर्सीमा बस्दै उनले भने, ‘सभामुख ज्यूलाई बिचमा रोक्नु परेकोमा क्षमा प्रार्थी छु, मेरो अपरेशन गरेको कारण खुट्टामा समस्या भएकोले उभिन गाह्रो भएको बताएका छन् ।’ पछिल्लाे समय प्रधानमन्त्रीकाे मृगाैला प्रत्याराेपण गरिएकाे थियाे ।

संसद्मा उनको सम्बोधन जारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *