ताजा समाचार

कोरोना अपडेटः विश्वभर ३ लाख २० हजारको मृत्यु, ४८ लाख बढी संक्रमित

एजेन्सी । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४८ लाख नाघेको छ ।

वल्डोमिटरर्सको तथ्यांक अनुसार नेपाली समयानुसार मंगलबार बिहानसम्म विश्वभर २४ घण्टाको अवधिमा ८८ हजार ८५८ जना भन्दा धेरै नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर ३ हजार ४४५ जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४४ हजार ७६४ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २६ लाख ६२ हजारको स्वास्थ्य अवस्था सामान्य छ ।

अमेरिकामा सबैभन्दा धेरै ९१ हजार ९ ८१ जनाको कोरोनाबाट ज्यान गएको छ भने संक्रमित हुनेमा पनि अमेरिका नै अगाडी छ । त्यहाँ १५ लाख ५० हजार भन्दा धेरै कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३४ हजार ७९६ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ३ सय ७५ जना संक्रमित फेला परेका छन् भने दुइ जनाको मृत्यु भइसकेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *