काठमाडौं।सोमबार राती थप १८ जना पुरुषमा कोरोना पुष्टि भएको छ । बाँकेको नैनापुरमा १२,धुनुषामा २, खोटागको हलेसीमा १ जना,दैलेखको आठविसामा १, सुनसरीमा १ र झापामा एक जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, कोशी अस्पताल विराटनगर,वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिश्ठान धरान, भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ७५ पुगेको छ । एक पुरुष र एक महिलाको कोरोनाका कारण मृत्यू भएको छ । ३६ जना उपचारपछि निको भएर घर फर्केका छन ।





