काठमाडौं । थप चार जनामा कोरोना पुष्टि भएको छ । सो दिउँसो ४ बजेसम्मको तथ्यांक अनुसार एकैपटक ५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यसअघि बाँकेमा ४७ जनामा कोरोना देखिएको थियो । यससँगै कुल संक्रमितको संख्या ३५७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार गुल्मीका एक पुरुषमा पनि कोरोना पुष्टि भएको छ । उनको भैरहवा प्रयोगशालामा परीक्षण भएको थियो । गुल्मीमा पहिलो पटक कोरोना देखिएको हो ।
त्यसै गरी प्रादेशिक प्रयोगशाला विराटनगरमा गरेको परीक्षणमा मोरङका एक व्यक्तिमा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार, गुल्मी, मोरङ, धनुषा, रौतहट, दाङ र धादिङमा १/१ जना गरी ६ जनामा पनि सोमबार नै कोरोना संक्रमण पुष्टि भएको छ ।




