ताजा समाचार

मेरा मान्छे जोगाउन नसक्नेले मेरो माटो जोगाउन सक्दैन : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सांसद गगनकुमार थापाले विदेशमा अल्पत्र परेका आफ्ना नागरिकलाई ल्याउन नसक्नेले आफ्नो भूमि जोगाउन नसक्ने बताउनु भएको छ ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जस्ले विदेशमा बेवारिसे भएका मेरो साथीलाई जोगाउन सक्दैन उस्ले मेरो भूमी कसरी जोगाउन सक्छ भनेर प्रश्न गरे ।उनले भने, “जस्ले आफ्नो मान्छे जोगाउन सक्दैन त्यसले माटो जोगाउन सक्दैन, त्यसैले मान्छे जोगाउन नसक्ने सरकारले मेरो भूमि जोगाउछ भन्ने मलाई विश्वास छैन ।”
रोजगारी सृजना गरिनेछ भनेर नीति तथा कार्यक्रम बनाउनेले लाखौ युवा बेरोजगार भएको पत्तो नपाएको टिप्पणी उनले गरे । अहिले यो पनि गरिने छ, त्यो पनि गरिने छ भन्ने बेला नभएको र नागरिक जोगाउने बेला भएकोमा नेता थापाले जोड दिए ।
सरकारको नीति तथा कार्यक्रम देखेर आफुलाई निराश र आक्रोतिस नभई लज्जित बनाएको उनले बताए । “अमेरिकी बैज्ञानिकहरुले गरेको एक अध्ययनले कतिपय अल्पज्ञानीहरुलाई आफु अद्भूत ज्ञानी र क्षमतावान छु भन्ने भ्रम हुन्छ, त्यस्तो मान्छे सामान्य मान्छे भयो भने सामान्य क्षती हुन्छ, तर ठूला जिम्मेबारीमा भएकाहरुमा भयो भने क्षती पनि ठूलो हुन्छ,” उनको भनाई थियो ।
त्यस्ता अल्पज्ञानीहरुलाई निकष्टस्थहरुले क्यावात क्यावात भनिरहे भने नेपालले अहिले पाएको जस्तै दुःख पाउनु पर्ने नेता थापाले टिप्पणी गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *