काठमाडौं । कोरोना संक्रमणबाट नपालमै पहिलोपटक निधन भएकी सिन्धुपाल्चोक निवासी २९ वार्षिया महिलाको शिशु, श्रीमान, सासु र बहीनीको पिसिआर परिक्षणमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण नभएको रिपोर्ट आएको अस्पतालका प्रवक्ता डा सुमन ताम्राकारले जानकारी दिए।
गत बिहिबार कोरोना संक्रमणबाट सुत्केरी महिलाको ज्यान गएपछि उनको प्रत्यक्ष सम्पर्कमा आएका परिवारको सदस्यलाई आइशोलेशनमा राखिएको थियो ।
त्रिवि शिक्षण अस्पतालमा वैशाख २३ गते सुत्केरी भएर उनी २५ गते डिस्चार्ज भएपछि सिन्धुपाल्चोक बाह्रबिसे गएकी थिइन्। तर श्वासप्रस्वासमा समस्या भएपछि उनलाई उपचारका लागि बाह्रबिसेको प्राथमिक स्वास्थ्य केन्द्र र त्यसपछि धुलिखेल अस्पताल ल्याइएको थियो। उपचारको क्रममा निधन भएकि उनको मृत्युपछि कोरोना परीक्षण गरिएको थियो । जसमा धुलिखेल र काठमाडौंका गरिएको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो ।




