ताजा समाचार

नेपाल कोरोना अपडेटः थप ९ जनामा कोरोना पुष्टि, देशभर ३०४ संक्रमित

काठमाडौं । नेपालमा थप नौ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । सोमबार बिहान रौतहट र बारामा  ९ जना कोरोना संक्रमित भेटिएका हुन् । याे सँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३ सय ४ पुगेकाे छ । भने ३ जनाकाे मृत्यु भइसकेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  साेमबार काेराेना संक्रमण देखिएकाहरू रौतहटको इशनाथ नगरपालिका र माधव नारायण नगरपालिकाकाे  ८ जना र बाराको करैयामाईमा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।

संक्रमित हरू एक महिला र ८ पुरूष हुन् । सबै स्वास्थ्य कर्मीकाे सम्पर्कमा रहेकाे मन्त्रालयले जनाएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *