काठमाडौँ।सरकारले जारी लकडाउनलाई जेठ २० गतेसम्म निरन्तरता दिने भएको छ । आज बसेको मन्त्रिपरिषद वैठकले १५ दिन लकडाउन थप्ने निर्णय गरेको हो ।
यसअघि बन्दाबन्दी सोमबार (भोलि) राति १२ बजेसम्मका लागि घोषणा गरिएको थियो । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बन्दाबन्दी (लकडाउन)को समय थप गर्न सरकारलाई सिफारिस गरेको थियो ।
कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले चैत ११ गतेबाट लकडाउन गरेको हो ।




