काठमाडौं।आइतवार बेलुकी थप ३ जनामा कोरोना पुष्टि भएको छ । धनकुटाकी ३४ वर्षीया महिला, मोरङकाे विराटनगरकी २९ वर्षीय महिला र विराटनगरकै ३६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।
नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ । एक पुरुष र एक पहिलाको कोरोनाका कारण मृत्यू भएको छ । ३६ जना उपचारपछि निको भएर घर फर्केका छन ।





