ताजा समाचार

बाँकेको क्वारेन्टिनमा मृत्यु भएका युवकमा काेराेना संक्रमण पुष्टि ,नेपालमा  मृत्यु हुनेकाे संख्या २ पुग्याे 

काठमाडाैं। बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको  मृत्यु काेराेना संक्रमणबाट भएकाे पुष्टि भएकाे छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टिनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टिनमै मृत्यु भएको थियाे ।

 क्वारेन्टिनमा बसेका युवकको मृत्यु भएपछि नरैनापुरवासी त्रसित हुन पुगेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले क्वारेन्टिनमा बसेका युवाकाे बिहान करिब ६ बजे  मृत्यु भएको जानाएकाे छ । कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबार नै सङ्कलन गरेर परिक्षणका लागि पठाइएकाे थियाे । परिक्षणका क्रममा उनकाे रिपर्ट पाेजेटिभ  आएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकाेटाले जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *