काठमाडौं । विश्वभरी फैलिएको महाव्याधी कोरोना भाइरस कोभिड १९ रोग दिनप्रतिदिन बढिरहेको छ । नेपालमा पहिलो पटक कोरोनाबाट मृत्यु भएको छ । बिहिबार धुलिखेल अस्पतालमा मृत्यु भएकि सिन्धुपाल्चोककी २९ वर्षिया सुत्केरीमा कोरोना पुष्टि भएको हो । योसँगै नेपाल पनि कोरोनाबाट मृत्यु हुने देशको सूचीमा चढेको छ ।
यसअघि नेपालमा संक्रमित मात्र भेटिएका थिए भने संक्रमितमा कुनै विशेष लक्षण देखिएको थिएन । यो सँगै नेपाल सर्वाधिक कोरोना प्रभावित हुने देशको १ सय ४४ औं स्थानमा छ ।
नेपालमा हाल सम्म २ सय ८१ जनामा कोेरोना पुष्टि भएको छ भने एक जनाकोे निधन र ३६ जना उपचारपछि घर फर्किएका छन् । पछिल्लो २४ घन्टामा देशभर १२ जनामा कोरोना पुष्टि भएको छ ।
उता छिमेकि देश भारतमा दिनानुदिन कोरोनाबाट मर्नेको संख्या बढ्दो छ । भारतमा कोरोना संक्रमितको संख्या ९० हजार ६ सय ४८ पुगेको छ। भने कोरोनाकै कारण मर्नेकोे संख्या २ हजार ८ सय ७१ पुगेको छ । पछिल्लो २४ घन्टामा १ सय १८ जनाले ज्यान गुमाएका छन । विगत २४ घन्टामा ४ हजार ८ सय ६४ जना नयाँ संक्रमित भेटिएका छन् ।
भारत विश्वभरमा सर्वाधिक कोरोना संक्रमित हुने देशको सूचीकोे ११ औं स्थानमा छ ।




