काठमाडौं । शनिबार धनुषामा दुई जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ सय ८१ पुगेको छ ।
आजै नेपालंमा कोरोना भाइरसबाट एक जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो । स्वास्थ्य मन्त्रालयले धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोकी २९ वर्षिया सुत्केरी महिलामा पनि कोरोना पोजेटिभ देखिएको पुष्टि देखिएको जनाएको छ ।
उनको आजै पशुपतिमा अन्तिम संस्कार गरिँदै छ ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपालमा कोभिड(१९ बाट मृत्यु भएको यो पहिलो घटना रहेको जनाएको छ।




